२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा एमाले बैठक

ओलीले दिए : "हस्ताक्षर फिर्ता गर्न नेपाल समूहलाई सोमबारसम्म समय"

शुक्रवार , आषाढ १८, २०७८

 काठमाडौं , असार । नेकपा एमालेले माधव नेपाल समूहलाई काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि बुझाएको हस्ताक्षर फिर्ता गर्न सोमबारसम्मको म्याद दिएको छ ।

एमालेको शुक्रवार बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता गर्न नेपाल समूहलाई सोमबारसम्म समय तोकेको हो ।

बैठकमा महासचिव ईश्वर पोखरेलले प्रस्ताव पेस गर्दै देउवाका पक्षमा हस्ताक्षर बुझाउने निवर्तमान सांसदलाई हस्ताक्षर फिर्ता गर्न सोमबारसम्मको समय दिइएको बताए ।

माधव नेपाल र झलनाथ खनालसहितका २३ सांसदले प्रतिनिधिसभा विघटन हुनुअघि देउवालाई प्रधानमन्त्री बनाउन भन्दै हस्ताक्षर बुझाएका थिए ।

तीमध्ये १५  प्रत्यक्ष निर्वाचित र ८  समानुपातिक सांसद छन् ।  हाल नेपाल समूह देउवाले नेतृत्व गरेको विपक्षी गठबन्धनमा नै आबद्ध हुँदै विभिन्न कार्यक्रममा सहभागी हुँदै आइरहेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको नेता भन्नेले अरू दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र विपक्षीको हित हुने गरी कार्य गर्ने कुरा स्वीकार्य नहुने धारणा राखेका थिए ।

केन्द्रीय कमिटी बैठकमा नेपाल पक्षका नेता भने सहभागी भएनन् । तर, नेता बामदेव गौतम भने सहभागी भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार