काठमाडौँ , असार । २४ घण्टामा देशभर १ हजार ८५७ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार विभिन्न जिल्लामा गरिएको ७ हजार १३० पीसीआर परीक्षणमा १ हजार ८५७ मा कोरोना पुष्टि भएको हो।
यसैगरी, ३ हजार ८५५ एन्टिजेन परीक्षणमा ९०३ मा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ७६० मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४० हजार ६६२ पुगेको छ । यस्तै, २४ घण्टामा ४ हजार १७ कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख १४९ पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर थप ३३ को मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १४५ पुगेको छ ।