काठमाडौँ, असार । पछिल्लो २४ घण्टामा थप दुई हजार ७६० मा कोरोना भाइरस सङक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अबधिमा सात हजार १३० को पिसिआर तथा तीन हजार ८५५ को एन्टिजेन परीक्षण गरिएकोमा क्रमशः एक हजार ८५७ र ९०३ मा कोरोना पुष्टि भएको हो ।
सोही अबधिमा देशभर ३३ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नौहजार हजार १४५ सङ्क्रमितको मृत्यु भएको छ ।
त्यस्तै सोही अबधिमा देशभर चार हजार १७ उपचारपछि निको भइ घर फर्किएका छन् । सङ्क्रमण निको हुने दर ९३ दशमलब ७ प्रतिशत रहेको छ ।
हालसम्म ६ लाख १४९ सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।