२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेस १४ औं महाधिवेशन

शीर्ष नेता बैठक बस्दै : "महाधिवेशन तयारी र क्रियाशील सदस्य छलफल हुने "

क्रियाशील सदस्यता विवाद, मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन

बिहिवार , आषाढ १७, २०७८

काठमाडौं, असार । आज नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दै छ । पार्टी सभापति शेरबहादु देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाउका हुन् ।

बैठकमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीहरु र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक र सदस्य सहभागी हुनेछन् ।

आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल हुने नेताले बताएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । तर, कांग्रेस अझै क्रियाशील सदस्यतामै अल्झिरहेको छ ।

क्रियाशील सदस्यताको विषयमा तीव्र विवाद देखिएको छ । क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार