२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेता नेपालले भने : ' मूल्यको राजनीति छाडिन्न'

बुधवार , आषाढ १६, २०७८

काठमाडौं, असार। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मूल्यको राजनीति नछाड्ने बताएका छन् ।

विपक्षी गठबन्धनले नागरिक समाजका प्रतिनिधिहरुसँग बुधबार गरेको कार्यक्रममा एमाले नेता नेपाललाई एमाले जेठ २ मा फर्किएपछि के हुन्छ भन्ने प्रश्न आएको थियो ।

जवाफमा उनले विधि, पद्धति र मूल्यको राजनीति नछाड्ने बताए । लोकतन्त्र, संविधान खतरा उन्मुख रहेको भन्दै उनले ओली प्रवृत्तिको पुनरावृत्ति हुन नहुने बताए ।

यद्यपि आफूले बोल्यो कि पोल्यो हुने अवस्था रहेको एमाले नेता नेपालले सुनाए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार