काठमाडौँ, असार । कोरोनाभाइरस संक्रमित २४ घण्टामा दुई हजार ८९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार १८७ मा गरिएको पिसिआर परीक्षणमा एक हजार ८८९ कोरोना सङ्क्रमित भेटिएका छन् ।
चार हजार ३८१ मा गरिएको एन्टिजेन परीक्षणमा एक हजार तीनमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सङ्क्रमण दर २६ प्रतिशत पुगेको छ । जोखिम अझै नहटेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले आग्रह गर्नुभएको छ ।
कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ को मृत्युभएको छ । यस अवधिमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ५९७ छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ५६१ रहेको छ । तीमध्ये ३० हजार ५४४ होम आइसोलेसनमा छन् ।
तीन हजार १७ संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणका कारण नौ हजार ११२ को मृत्यु भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाको सङ्ख्या १७ छ ।
पछिल्ला दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको तथ्याङ्कले देखाएको छ । मङ्गलबार सङ्क्रमण पुष्टि भएको दुई हजार ६३६ भन्दा आज २५६ ले बढी थपिएका छन् । सोमबार दुई हजार ४४४ सङ्क्रमित भेटिएका थिए । आइतबार एक हजार ९२० मा मात्र कोरोना सङ्क्रमित पुष्टि भएको मन्त्रालयले सार्वजनिक गरेको थियो ।