२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा एमाले बिबाद

महाधिवेशन आयोजक कमिटी भंग : "आठ नेतालाई स्थायी कमिटीमा मनोनयन"

माधव नेपालसहित ११ नेतामाथि यसअघि गरिएको कारवाही समेत फिर्ता

बुधवार , आषाढ १६, २०७८

काठमाडौं, असार । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भंग गर्दै आठ नेतालाई स्थायी कमिटीमा मनोनयन गरिएको छ ।

महाधिवेशन आयोजक कमिटीको नाममा भए गरेका एमालेका कामकारवाही केन्द्रीय कमिटीकै नामबाट सन्चालन हुने गरी एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउदै माओवादीबाट आएका नेतासहित आठलाई स्थायी कमिटीमा मनोनयन गरेको हो ।

वालुवाटारमा बुधवार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेकपा एकतापछि स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेतालाई थप गरेको हो ।

महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ नेतामाथि यसअघि गरिएको कारवाही समेत फिर्ता भएको छ ।

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लवेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार