२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बंगलादेश : 'कोरोना संक्रमण बढेपछिमा १४ दिने लकडाउन'

बुधवार , आषाढ १६, २०७८

काठमाडौं, असार । बंगलादेशमा २३ जुनदेखि नै सार्वजनिक यातायत बन्द छ । मजदूरको हतारो देखेर २४ घण्टा जलसेवा सुचारु ग्रिरहेको छ । डुङ्गामा क्षमताभन्दा धेरै मानिस चढिडरहेका छन् ।

सरकारद्धारा सञ्चालित अन्तरदेशिया जल परिवहन निगमका एक अधिकारीका अनुसार आइतबार झन्डै ८० हजार मजदूर ढाकाबाट पलायन भएका छन् । 
 त्यस्तै, एक सातामा ५ लाखभन्दा धेरै मजदुरले ढाका छोडिसकेका छन् ।  बंगलादेशमा एक जुलाईबाट कडा लकडाउन हुँदैछ । यसैको असरबाट बच्न आप्रवासी कामदार धमाधम ढाका छोड्दैछन् ।

उनीहरुले बाइक, अटो, रिक्सा, लोडिङ अटो र एम्बेलेन्ससम्मको साहारा लिइरहेका छन् ।  लकडाउनको समय बेरोजगार हुने भएकाले उनीहरु गाउँ फर्कन लागेका छन् ।
बंगलादेशमा डेल्टा भेरिएन्टमाक कारण कोरोना संक्रमण बढेको छ । सोमबार ८ हजार  ३६४ मा कोरोना देखियो । जो, १५ महिनायताकै उच्च हो ।

बंगलादेशमा ८ मार्च २०२० मा पहिलो संक्रमित भेटिएकाथिए । अहिलेसम्म कुल ८ लाख ९६ हजार ७७० मा संक्रमण देखिइसकेको छ । १४ हजार २७६ ले ज्यान गुमाइसकेका छन् । ८ लाख ०७ हजार ६७३ को निको भइसकेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार