२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमाले महाधिवेशन आयोजक कमिटी बैठक : बालुवाटारमा सुरु

बुधवार , आषाढ १६, २०७८

काठमाडौं, असार ।  एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अन्तिम बैठक बालुवाटारमा सुरु भएको छ । बैठक ११ बजेबाट सुरु हुने भनिए पनि एक घण्टा ढिलो मात्रै सुरु भएको हो ।
एमाले नेताहरुका अनुसार आयोजक कमिटीको बैठकले एमालेलाई जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणाको निर्णय गर्नेछ ।
यसअघि मंगलबार बसेको ओली पक्षीय स्थायी समिति बैठकले नै पार्टीलाई जेठ २ को संरचनामा फर्काउने निर्णय गरेको थियो । नेताहरुका अनुसार बैठकमा केही प्रस्ताव पेश र अनुमोदनबाहेक अन्य छलफल नहुने एमाले नेताहरुको भनाइ छ । सोही निर्णयलाई आजको बैठकले अनुमोदन गर्ने तयारी छ ।
नेकपा विवादमा सर्वोच्च अदालतले गत फागुन २३ मा एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित पार्टी कमिटीलाई आयोजक कमिटीमा रुपान्तरणको घोषणा गरेका थिए ।
ओलीले यसरी एकपक्षीय ढंगले केन्द्रीय कमिटी भंग गरेर नेताहरुको जिम्मेवारी खोस्नुका साथै विधान समेत संशोधन गरेपछि माधव नेपाल समूहले चर्को असन्तुष्टि जनाउदै आएको थियो । यहीँ विवादले पार्टी नै विभाजन हुनसक्ने खतरा कायमै रहेका बेला अध्यक्ष ओली पार्टी एकता अघिको एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन सहमत भएका हुन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार