२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

युरोकप २०२० : क्वाटरफाइनल समीकरण पूरा

बुधवार , आषाढ १६, २०७८

काठमाडौं, असार। युरोकप २०२० को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम १६ का दुई खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने ८ वटै टिमको टुङ्गो लागेको छ ।

मंगलबार राति भएको खेलमा इंग्ल्याण्डले जर्मनीलाई २-० ले र युक्रेनले स्वीडेनलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाए । साथै क्वाटरफाइनलको समीकरण पनि तय भएको छ ।

इंग्ल्याण्डले अब क्वाटरफाइनलमा युक्रेनसँगै खेल्नेछ । यस्तै यसअघि नै अन्य तीन क्वाटरफाइनल खेलको समीकरण तय भइसकेको छ । जसमा बेल्जियमले इटलीसँग खेल्नेछ भने स्विट्जरल्याण्डले स्पेनसँग खेल्नेछ । यस्तै चेक रिपब्लिक र डेनमार्कबीच अर्को क्वाटरफाइनल खेल हुनेछ ।

क्वाटरफाइनलमा बेल्जियम र इटलीबीचको विजेता अनि स्पेन र स्विट्जरल्याण्डबीचको विजेताले सेमिफाइनल खेल्नेछ। अर्कोतर्फ इंग्ल्याण्ड र युक्रेनबीचको विजेता तथा चेक र डेनमार्कबीचको विजेताले अर्को सेमिफाइनल खल्नेछन् ।

साविक विजेता पोर्चुगल, साविक उपविजेता फ्रान्स अनि सर्वाधिक ३ पटकको विजेता जर्मनी भने अन्तिम १६ बाटै आउट भएका छन् । क्वाटरफाइनलका खेलहरु जुलाई २ देखि सुरु हुनेछ ।

क्वाटरफाइनल खेल मिति, समय र स्थान ·

स्विट्जरल्याण्ड भर्सेस स्पेन : जुलाई २ (असार १८ गते), ९:४५ बजे (सेन्ट पिटर्सवर्ग, रुस) ·

बेल्जियम भर्सेस इटली : जुलाई २ (असार १९ गते), १२:४५ बजे (म्युनिक, जर्मनी)

· चेक रिपब्लिक भर्सेस डेनमार्क : जुलाई ३ (असार १९ गते), ९:४५ बजे (बाकु, अजरवैजान)

· युक्रेन भर्सेस इंग्ल्याण्ड : जुलाई ३ (असार २० गते), १२:४५ बजे (रोम, इटली)

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार