काठमाडौं, असार। कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाएका छन्।
विपक्षी गठबन्धनले सोमबार संघीय संसद् भवनको लोत्से हलमा बुद्धिजीवीसँग गरेको अन्तक्र्रियामा देउवाले संविधानले दिएको राष्ट्रपतिको पदीय जिम्मेवारी र कर्तव्य पूरा नगरेर भण्डारीले पदीय गरिमालाई नै समाप्त पारेको बताए ।
संसद्को कुनै पनि सांसदले बहुमत पु¥याएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बनेको दोहो¥याए ।
संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत भएको र न्यायालयको निष्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्ने उल्लेख गर्दै उनले संविधानमा भएको व्यवस्था अनुसार नै अदालतको फैसला आउनेमा आफूहरू विश्वस्त रहेको बताए । उनले अदालतले स्वतन्त्र न्यायालयको छवि कायम नै राख्नेमा आफू विश्वस्त रहेको पनि बताए ।
सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ रु’ भनी प्रश्न गरे । उनले भने, ‘रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन ।