२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टामा थप २४४४ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु ३८५३ जना निको भए

सोमवार , आषाढ १४, २०७८

काठमाडौं , असार ।कोरोनाभाइरसको संक्रमण पछिल्लो २४ घण्टामा  थप २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको छ । ११ हजार ६४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५०९ र एन्टिजेन विधिबाट ९३५ रहेका छन् । यसमध्ये काठमाडौँमा ३५५, ललितपुरमा ११२ तथा भक्तपुरमा ४७ जना रहेका छन् । हालसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार १८८ जना तथा एन्टिजेन विधिबाट ३३ हजार ३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा थप ३ हजार ८५३ जना निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ५ लाख ८८ हजार १८७ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९२।६ प्रतिशत रहेको छ ।
कोभिड–१९ को संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ५१ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ को मृत्यु दर १।५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार