काठमाडौँ, असार । गर्मी मौसममा चिसो पानी, चिसो पेयपदार्थ, दही र मही जस्ता पेय पदार्थहरु गर्मी मौसमका लागि निकै फाइदाजनक हुन्छ । बजारमा सजिल्यै पाइने विभिन्न प्रकारका चिसो पेयपदार्थहरुले शरीरमा अनेकन् प्रकारका बिरामीहरु पैदा गराउँछ ।
त्यसैले मही गर्मी मौसमका लागि निकै फाइदाजनक मानिन्छ । घरमा नै बनाउन सकिने पेयपदार्थ मही हो । यो स्वादिष्ट मात्र होइन शरीरका लागि फाइदाजनक पनि हुन्छ । बजारमा पनि मही सजिल्यै पाइन्छ । हरेक दिन मही सेवनले गर्मी मौसममा आउने विभिन्न प्रकारका समस्यामा फाइदाजनक मानिन्छ ।
हरेक दिन मही पिउँदा पाचन प्रक्रिया सक्रिय हुने भएकाले गर्मीमा खाएका खानेकुरा पाचन हुन्छ ।
महीबाट हुने अन्य फाइदाहरुः
१:महीले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ ।
२:कब्जियत र पाचन प्रक्रियासँग जोडिएका धेरै समस्या समाधान गर्छ ।
३: महीको सेवनले खाने तरिकामा पनि सन्तुलन गराउँछ ।
४: भिटामिन र लवणका लागि मही पिउन आवश्यक छ ।
५: शरीरलाई मोइश्चर बनाउँनका लागि मही पिउन आवश्यक छ ।
६:शरीरको तापक्रम सही राख्नका लागि पनि मही पिउन आवश्यक छ ।