२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

आइतवार , आषाढ १३, २०७८

काठमाडौँ, असार । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक राखेका हुन्।

समसामयिक राजनीतिक घटनाक्रमबारे आज बैठकमा छलफल भइरहेको एमाले पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
एमालेले विधान महाधिवेशन बोलाउने तयारी पनि गरेको छ। आजको बैठकमा यसबारे पनि छलफल हुन सक्ने सम्भावना छ। 
एमालेमा १९ सदस्यीय स्थायी कमिटी छ। नेता माधवकुमार नेपाल पक्षविनै अध्यक्ष ओलीले केही समयअगाडि स्थायी कमिटी गठन गरेका थिए।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार