२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेसले भन्याे

जातीय विभेदको प्रश्न :‘ प्रधानमन्त्री ज्यू राज्य कहाँ उभिने ?’

शुक्रवार , आषाढ ११, २०७८

 

काठमाडौँ, असार ।  नेपाली कांग्रेसले जातीय विभेदका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटीलाई झन्डावाल गाडीमा शिक्षामन्त्रीले ’लिफ्ट’ दिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको मौनताप्रति आपत्ति जनाएको छ । 
प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति निकालेर विभेदमुक्त समाजका लागि राज्यको सार्थक समन्वय र अभिभावकीय भूमिका देशले खोजीरहेको बेला पछिल्लो घटनामा राज्यकै भूमिकाउपर गम्भीर प्रश्न उब्जिएको बताएका हुन् । 
’नयाँ संविधान निर्माण गर्न हामी समर्थ भयौं, तर संविधान अनुरुप न्याय र समानताको संस्कार निर्माण गर्न सफलता प्राप्त भएको छैन । यस्तो परिस्थितिमा देश बन्ने÷बनाउने परिभाषाभित्र सामाजिक रुपान्तरणको प्रश्नलाई गहन आत्मसात गर्दै नविन राष्ट्रिय विमर्श थालनी गर्न अत्यावश्यक भएको छ । 
हालैको एक घटनामा तपाईंको मन्त्रीमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ,’ विज्ञप्तिमा लेखिएको छ । घटनाको अनुसन्धान, कारबाही र समाधानको एउटा निश्चित विधि हुने उल्लेख गर्दै प्रवक्ता शर्माले प्रश्न गरेका छन्, ’राज्यवादी रहने मुद्दामा मन्त्रीको भूमिकाले एक पक्षधरताको प्रस्ट सन्देश दिनु कानुनी र नैतिक कुनै कोणबाट तार्किक र न्यायोचित छ प्रधानमन्त्रीज्यू ?’ 
न्यायोचित समाधानको विधिमा समाजलाई आश्वस्त तुल्याउन, समाजमा आरोप–प्रत्यारोप एवं द्वन्द्व बढ्न नदिन जिम्मेवार राज्यले विशेष सतर्कता र गम्भीरता राख्नु पर्नेमा त्यो जिम्मेवार भूमिकाबाट राज्यलाई विमुख गराउन लागिएको हो भन्ने प्रश्न पनि कांग्रेसले प्रधानमन्त्री ओलीसमक्ष राखेका छन् । शिक्षामन्त्री श्रेष्ठले द्वन्द्व निरुपण होइन भड्कावलाई बल पु¥याउने भूमिका खेलेकोले उनी मन्त्री कायम रहन नसक्ने प्रवक्ता शर्माको जिकिर छ ।

जातका आधारमा कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधान बुधबार रिहा हुँदा शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार परिसरमा पुगेर आफ्नो झण्डावाल गाडीमै लिएर गएका थिए । 
काठमाडौं महानगरपालिका–११ बबरमहलकी प्रधानले दलित भएकै कारण रुपा सुनारलाई कोठा दिन अस्वीकार गरेको भन्दै रुपाले असार ३ गते जातीय तथा अन्य छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अनुसार कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएपछि प्रधान ६ असारमा पक्राउ परेकी थिइन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार