२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

युरो कपको अन्तिम चरणको खेल १६ कुन-कुन टिमबीच हुँदैछ ?

बिहिवार , आषाढ १०, २०७८

काठमाडौं, असार । युरो २०२० को समूह समूह चरणका खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने टिमहरूको टुंगो लागेको छ। अन्तिम १६ मा ६ समूहका विजेता र उपविजेता गरी १२ टिम पुगे। यस्तै ६ समूहमा तेस्रो हुने ४ टिमले पनि अन्तिम १६ मा स्थान पाए। तेस्रो भएका ६ टिम मध्ये उत्कृष्ट ४ टिमले अन्तिम १६ मा स्थान बनाएका हुन्। 
समूह 'एु' बाट इटाली विजेता, वेल्स उपविजेता र स्विट्जरल्यान्ड उत्कृष्ट तेस्रो टिमको रुपमा नकआउट चरणमा पुगे। 
समूह 'बीु'बाट बेल्जियम विजेता र डेनमार्क उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भए। फिनल्यान्ड ३ अंक जोडेर तेस्रो बने पनि अन्तिम १६ मा पुग्न सकेन। यस्तै समूह 'सीु 'बाट नेदरल्यान्ड्स विजेता, अस्ट्रिया उपविजेता र युक्रेन उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुगे। युक्रेनले ३ अंक जोडे पनि गोलअन्तरमा अघि रहन सफल भयो। उसले गोलअन्तरमा फिनल्यान्ड र स्लोभाकियालाई पछि पर्यो। 
समूह 'डीु 'बाट इंग्ल्यान्ड विजेता, क्रोएसिया उपविजेता र चेक उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुगे। 
समूह 'ईु' मा स्विडेन विजेता र स्पेन उपविजेताको रुपमा अन्तिम १६ मा पुगे। अन्तिम खेलमा स्पेनसँग ५(० ले पराजित हुँदा स्लोभाकिया ३ अंक जोडे पनि उत्कृष्ट तेस्रो टिम हुन सकेन। स्लोभाकिया युक्रेनसँग गोलअन्तरमा पछि पार्यो। समूह ुएफु बाट फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा पुगे। 
अब अन्तिम १६ का खेल शनिबारदेखि सुरु हुनेछ। 
वेल्स भर्सेस डेनमार्क - असार १२ गते राति ९:४५ बजे  - आम्स्टर्डम 
इटाली भर्सेस अस्ट्रिया -असार १२ गते राति १२:४५ बजे  - लन्डन
नेदरल्यान्ड्स भर्सेस चेक -असार १३ गते राति ९:४५ बजे-  बुडापेस्ट
बेल्जियम भर्सेस पोर्चुगल - असार १३ गते राति १२स:४५ बजे-  सेभिया 
क्रोएसिया भर्सेस स्पेन - असार १४ गते राति ९:४५ बजे - कोपनहगेन
फ्रान्स भर्सेस स्विट्जरल्यान्ड - असार १४ गते राति १२:४५ बजे - बुचारेस्ट
इंग्ल्यान्ड भर्सेस जर्मनी - असार १५ गते राति ९:४५ बजे - लन्डन 
स्विडेन भर्सेस युक्रेन - असार १५ गते राति १२:४५ बजे-  ग्लाजगो

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार