२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

पाँच विद्यार्थी संगठन : सरकारविरुद्ध प्रदर्शन गर्दै

बिहिवार , आषाढ १०, २०७८

काठमाडौं, असार। विपक्षी गठबन्धनमा आवद्ध दल निकट विद्यार्थी संगठनले विहीबार सरकारविरुद्ध प्रदर्शन गर्दैछन् ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्न लागेका हुन् ।

सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले विरोध प्रदर्शनमा उत्रिन लागेको विद्यार्थी संगठनका नेताको भनाइ छ ।

सरकारले अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी हर्कत जारी राखेकाले भौतिक दुरी कायम गरी विरोध प्रदर्शन गर्न लागिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार