२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टा : थप एक हजार ५८४ मा कोरोना सङ्क्रमण, ४६ को मृत्यु

सोमवार , आषाढ ७, २०७८

काठमाडाैं, असार । पछिल्लो २४ घण्टामा थप एक हजार ५८४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ५८३ मा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हाे ।

यस्तै, चारहजार ३२१ मा गरिएको एन्टिजेन परीक्षणमा ७१३ मा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ४६ को मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ८७७२ जनाको मृत्यु भैसकेको छ । तीन हजार १३०  सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ८९.९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार