२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा नयाँ भेरिअन्टको भेटिएको अनुसन्धान हुँदै

सोमवार , आषाढ ७, २०७८

काठमाडौं , असार । जापान, भारतलगायतका देशमा यसअघि नै फेला परिसकेको कोरोना भाइरसको अर्को भेरिअन्ट नेपालमा पनि फेला परेको छ । नेपालमा कोरोना भाइरसको डेल्टा भेरिअन्ट सबैभन्दा बढी सक्रिय रुपमा रहेको छ । यसै भेरिअन्टको स्वरुप परिवर्तन गरेको नयाँ भेरिअन्ट के ४१७ एन फेला परेको हो ।यो भेरिअन्ट अहिले विश्वका १० भन्दा बढी देशमा फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले बताए ।
नेपालमा देखिनु अगाडि जापान र भारतलगायत विभिन्न देशमा यो भेरिअन्ट फेला परिसकेको छ । प्रारम्भिक तथ्यांकले एवाई वान समेत भनिने यो भेरिअन्ट झनै संक्रामक रहेको डा। पौडेलले बताए ।
कति धेरै  संक्रामक र प्राणघातक छ भन्ने पर्याप्त जानकारी नभएको उनले बताए ।
नेपालका विभिन्न भुभागबाट ४७ वटा नमुना संकलन गरी भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा जिनोम स्विक्वैन्सिङ गरिएको थियो ।
सिक्वैन्सििङका आधारमा ४७ नमुनामध्ये ९ वटामा नयाँ भेरिअन्टको संक्रमण भएको पुष्टि भएको हो ।
यो भेरिअन्ट विभिन्न उमेरसमुहकामा देखिएको प्रवक्ता डा। पौडेलले बताएका छन् । गोपनियताका कारण कुन कुन क्षेत्रका संक्रमितमा संक्रमण देखिएको हो भन्ने कुरा अहिले बताउँन नसकिने उनको भनाइ छ ।
नयाँ भेरिअन्ट देखिएकाहरुको अवस्था के कस्तो छ भन्ने जानकारी पनि आइनसकेको उनले बताएका छन् । 
नयाँ भेरिअन्ट देखिएकाहरुको कन्ट्र्याक्ट ट्रासिङ र अन्य परीक्षणलगायतका सबै कार्यहरु भइरहेको मन्त्रालयले जनाएको छ ।
केहीअघि बेलायती पत्रिका डेलीमेलले नेपाली भेरिअन्ट भन्दै यसै भेरिअन्टलाई उदृत गर्दै समाचार प्रकासन गरेको बताइएको छ । तर, यो भेरिअन्ट नेपालमा देखिनु अघि अन्य मुलुकमा देखिइसकेका कारण ठ्याक्कै कहाँ फेला परेको हो भनेर भन्न नसकिने मन्त्रालयले जनाएको छ ।
सुरुमा कोरोना भाइरस देखिएयता कोरोना भाइरसले हजारौं पटक स्वरुप परिवर्तन गरिसकेको छ । यीमध्येका केही स्वरुपहरु झनै खतरनाक हूँदै गएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार