२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेसले

नेता डा.कोइरालाले भने : "नागरिकता मधेशको मात्र समस्या होइन"

आइतवार , आषाढ ६, २०७८

काठमाडौ, असारं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नागरिकता मधेशको मात्र समस्या नभएको बताएका छन् । तर नागरिकतालाई लिएर भ्रम फैलाउने काम हुने गरेको उनले बताए ।
भर्चुअल माध्यमबाट आयोजना गरिएको ‘मधेस मन्थन ः नेपाली कांग्रेस र मधेस’ कार्यक्रममा नेता कोइरालाले नागरिकतासम्बन्धी विषयमा अनावश्यक शंका नगर्न आग्रह गरे । 
२०६२÷६३ सालपछि नेपालमा वितरण भएको नागरिकताको तथ्यांक सुनाउँदै उनले भने, देशभर २६ लाख १७ हजार नेपालीले नागरिकता पाएका छन् । १३ लाख नागरिकता पहाड र हिमालमा बाँडिएको छ ।’
उनले अघि भने, ‘जम्मा १२ लाख मधेस र तराईमा हो । यसमा पनि पहाडबाट मधेसमा झरेका छन् । बाँकी एक लाख १७ हजार चाहिं १५ वर्ष नेपालमा बसेका नागरिकका सन्तानलाई जन्मसिद्धका आधारमा दिइएको छ । तर २० लाख त मधेसमा मात्रै बाँडियो भनेर भ्रम फैलाइयो ।’
तर सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयनमा सर्वाेच्च अदालतले रोक लगाउनु स्वभाविक भएको बताए । ‘नागरिकता जस्तो संवेदनशील विषयलाई अध्यादेशबाट ल्याउनुहुन्छ ? 
सर्वाेच्चले रोक्छ भन्ने थाहा हुँदाहुँदै ल्याइएको हो । मधेसका केही नेतालाई सरकारमा सहभागी गराउन ल्याइएको हो,’ उनले भने । नेता कोइरालाले मधेसको माग पहिचान, प्रतिनिधित्व र पहुँच भएको भन्दै त्यसमा कांग्रेसको साथ रहेको बताए ।
संवैधानिक सरकारको हक ः
प्रतिनिधिसभामा प्रहार पछिल्लो राजनीतिक परिवर्तन मुखरित गर्ने सम्पूर्ण संवैधानिक व्यवस्थामाथिको मार हो । के हामी सधैं आन्दोलन, अस्थिरता र अशान्तिको अनन्त भुमरीमा फनफनी घुमी नै रहनुपर्ने हो ? के हाम्रो काम सधैं संविधान बनाउँदै बिगार्दै खारेज गर्दै हिँड्ने हो ?

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार