२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

जनता समाजवादी पार्टी 

अध्यक्ष यादवले भने : ”ठाकुर पक्षले झुठा विवरण र किर्ते गरेर निर्वाचन आयोगमा पत्र पठाए“

आइतवार , आषाढ ६, २०७८


काठमाडौं, असार  । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अध्यक्ष महन्थ ठाकुर पक्षलाई झुठा विवरण लेखी, किर्ते जालसाजी गरेर निर्वाचन आयोगमा पत्र पठाएको आरोप लगाएको छ । अध्यक्ष यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिबार विज्ञप्ती जारी गर्दै सो आरोप लगाउनुभएको हो ।

“निर्वाचन आयोग, पार्टी पङ्ति र आम जनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानुनी र दण्डनीय कार्य हो” विज्ञप्तीमा भनिएको छ । 
अध्यक्ष यादवव पक्षले त्यस्तो जालसाजी र किर्ते कामको भ्रममा नपर्न पनि पार्टी पङ्ति र जनसमुदायमा आग्रह गरेको छ । अध्यक्ष ठाकुर पक्षले केन्द्रीय कार्यकारीणी समितिमा सदस्य थप गरेको विवरणसहितको पत्र गत मंगलबार निर्वाचन आयोगमा पठाएको थियो । पार्टीको कार्यकारीणी समितिको गत पुस ७ गते बसेको बैठकमा नै सबै निर्णय गरी सार्वजनिक गरिसकिएको यादव पक्षले दावी गरेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार