२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्री चौधरीले भनिन् : " जनमुखी कामलाई अगाडि बढाउँछौ"

शनिवार , आषाढ ५, २०७८

 

जलेश्वर, असार । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले नीतिगत कामलार्ई प्राथमिकतामा राखेर जनमुखी कामलार्ई चाँडै अगाडि बढाउने प्रतिवद्धता जनाएकी छन ।
महोत्तरीको मटिहानीमा मटिहानी नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा उनले बोल्दै भनिन्, समाजमा विद्यमान विभिन्न कुरिती, कुसंस्कार तथा विकृतिलाई हटाउन पाँच वर्षीय रणनीतिक योजना आवश्यक देखियो, आफु रणनीतिक योजना बनाएर अगाडि बढ्ने  बताइन । 
अहिले पनि समाजमा महिला तथा बालबालिकामाथि विभिन्न किसिमको कुरीति तथा कुसंस्कारको नाममा प्रताडित भइरहेका छन, उनले भनिन्, समाजमा विद्यमान दाइजो, बालविवाह जस्ता प्रथा हटाउन आफु प्रतिबद्ध भएर लाग्छौ । 
मटिहानीबासीले उनलाई गरेको सम्मानको लागि धन्यवाद दिदै उनले आफु माइतीघर मटिहानीबासीको शिर ठाडो बनाउने गरि काम गर्ने  बताइन । मन्त्री बनेपश्चात पहिलो पल्ट माइतीघर मटिहानी आएपछि उनको सम्मान सर्वसाधारणको भिड लागेको थियो । 
कार्यक्रममा मन्त्री चौधरीलाइ मटिहानी नगरपालिका प्रमुख हरिप्रसाद मण्डलले भब्य माला र दोसल्ला ओढाई स्वागत र सम्मान गरेका थिए ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार