२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

जसपा अध्यक्ष यादव : "पार्टीको वैधानिकता दाबी गर्दै आयोग पुगे"

शुक्रवार , आषाढ ४, २०७८

काठमाडौँ, असार । जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको वैधानिकता माग दाबी गर्दै निर्वाचन आयोग गएको छ । अध्यक्ष यादवसहितका नेता पार्टीको वैधानिकता दाबी गर्दै शुक्रवार आयोग पुगेका हुन् ।

बिहीबार बसेको जसपाको यादव पक्षीय कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोग गएर पार्टीको वैधानिकता दाबी गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार ३० जना कार्यकारिणी सदस्यको हस्ताक्षरसहित यादव पक्ष आयोग गएको हो ।

यो समूहले यसअघि १७ जेठमा अर्का अध्यक्ष महन्थ ठाकुर सहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको थियो भने सो निर्णय आयोगमा अभिलेखीकरण गरिदिन भन्दै पत्र पठाइएको थियो ।

त्यसपछि जसपाको महन्त ठाकुर पक्षले पनि यादव पक्षलाई कारवाही गर्ने निर्णय गर्दै आयोगलाई अभिलेखीकरण गर्नका लागि पत्र पठाएको थियो । त्यसपछि आयोगले ३० जेठमा दुवै पक्षको कारबाही पार्टीको विधान अनुसार नभएको र दल दर्ता किताबमा अभिलेखीकरण गर्न नमिल्ने भन्दै पत्र खारेज गरिदिएको थियो ।

आयोगको सो निर्णयपछि यादव पक्षले फेरी राजनीतिक दल सम्बन्धी ऐन-२०७३ को दफा ४३ अनुसार दलको वैधानिकता दाबी गरेको हो ।

यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राउतलगायत शीर्ष नेताहरू आधिकारिकता दाबी गर्न आयोग पुगेका थिए । आयोगमा यादव पक्षका ३०  कार्यकारिणी सदस्यले हस्ताक्षरसहित निवेदन दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार