२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पाए विश्वासको मत हासिल

शुक्रवार , आषाढ ४, २०७८

 

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत हासिल गरेका छन् । शुक्रवार गण्डकी प्रदेशसभामा भएको मतदान प्रक्रियामा पोखरेलको पक्षमा बहुमत सांसद उभिएका हुन् ।  पोखरेल गत शनिवार संविधानको धारा १६८ उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आफू मुख्यमन्त्रीमा नियुक्त भएको एक साता नबित्दै उनले विश्वासको मत लिने निर्णय गरेका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने निर्णय गरेका थिए ।  प्रदेशसभामा कायम ५९ सांसदमध्ये नेपाली काँग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टी  का दुई जना र जनमोर्चाका दुई जना र स्वतन्त्र सांसद एवं गरी ३१ जना सांसद पक्षमा मतदान गरे । मुख्यमन्त्री पोखरेलको विपक्षमा नेकपा एमालेका २७ जना सांसदले मतदान गरे । 
विश्वासको मत लिनुअघि विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले राजनीतिक घटनाक्रम परिवर्तनका सन्दर्भमा आफूहरूमाथि थप जिम्मेवारी आइपरेको बताए ।  उनले सङ्घीयतालाई मजबुत बनाउनका लागि आफू दृढ सं कल्पित रहने बताए । जनताले पाँच वर्षका लागि मतादेश दिइसकेपछि त्यसअघि नै जनतामा जानु कुनै पनि दृष्टिले उपयुक्त नहुने उनको भनाइ थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार