२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : एक हजार ७६८ सङ्क्रमित थपिए, ३९ को मृत्यु

बिहिवार , आषाढ ३, २०७८

काठमाडौं, असार । नेपालमा कोरोना भाइरसका एक हजार ७६८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ७११ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७६८ मा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १५ हजार ९८४ पुगेको छ ।

एन्टीजेन विधिबाट हालसम्म २४ हजार ५६ को रिपोर्ट पोजेटिभ आएको छ । हाल नेपालमा ६१ ह्जार ७२५ मा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार १४१ सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

हालसम्म पाँच लाख ४५ हजार ६६२ सङ्क्रमित कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८८.६ प्रतिशत पुगेको छ । पछिल्लो चौबीस घण्टामा ३९ सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म आठ हजार ५९७ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार