२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस नेता खाणको सरकारलाई आग्रह : "राहत र उद्दार व्यवस्थापन गर"

बुधवार , आषाढ २, २०७८

काठमाडौं, असार।नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले देशको विभिन्न भागमा आएको बाढी पहिरोले ल्याएको विपद्ले घरबारविहीन भएकाको तत्काल उद्दार तथा राहतको व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन् ।

खाणको सचिवालयले सामाजिक संजालमार्फत सरकारसँग पीडितको उद्दार, राहत र बेपत्ताहरुको खोजीका लागि आग्रह गरेको हो ।

सचिवालयले लेखेको छ, ‘सिन्धुपाल्चोक, मनाङ,पर्वत, बागलुङ लगायतका ठाउँहरुमा प्राकृतिक प्रकोप एवं नदीहरुमा प्राकृतिक विपत्तिका कारण अविरल वर्षाले ल्याएको बाढी पहिरोले जनजीवन कष्टकर बनाएकोमा नेपाल सरकारको घम्भीर ध्यानाकर्षण गराउँदछु । राहत र उद्धार कार्य यथाशिघ्र सञ्चालन गर्न म अनुरोध गर्दछु ।’

अगाडि लेखिएको छ, ‘बाढी र पहिरोले मेलम्ची क्षेत्रका धेरै बजार डुबान र पक्की पुलहरू भत्किएकाले बाढीका कारण घरबारविहीन भएकाहरुको तत्कालै उद्दार तथा राहतको व्यवस्थापन गर्न र बेपत्ताहरुको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’

उनले तत्काल उद्धार कार्य अघि बढाउन जरुरी भएको भन्दै अगाडि भनेका छन्, ‘यो विषम परिस्थितिमा आम नागरिकको दुःखमा सबैले आ–आफ्नो ठाउँबाट साथ र सहयोग गर्न पनि सबैलाई म हार्दिक अपिलसमेत गर्दछु ।

कोरोनाको मापदण्ड पालना गर्दै यथाशीघ्र बेपत्ताको खोजी एवं विस्थापितलाई आश्रय दिने वातावरण सिर्जना गर्न म नेपाल सरकार समक्ष आग्रह गर्दछु।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार