२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

लुम्बिनी प्रदेश

जसपाकाे ह्वीप : "आफ्ना सांसदलाई भन्याे : नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर "

आइतवार , जेठ ३०, २०७८

बुटवल, जेठ । जनता समाजवादी पार्टी, लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आइतबार पारित गर्ने कार्यसूची छ ।

तर नीति तथा कार्यक्रम समयसापेक्ष र जनपक्षीय नरहेको भन्दै जसपा संसदीय दलकी प्रमुख सचेतक पूरमति ढेंगा मगरले पार्टीका ६  सांसदलाई पत्र पठाइ विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन् ।

‘संसदीय दलका नेताको निर्देशनमा सबै माननीयज्यूलाई आजै पत्र पठाइएको छ, सबैले ह्वीपको पालना गर्नुपर्छ,’ प्रमुख सचेतक ढेंगाले भनिन् । सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डे लम्साल, सुमन शर्मा रायमाझी र संसदीय दलका नेता सहषराम यादवलाई पत्र पठाइएको प्रमुख सचेतक ढेंगाले जानकारी दिइन् ।

जसपाका ६ प्रदेशसभा सदस्यमध्ये संसदीय दलका नेता सहषराम यादव र प्रमुख सचेतक ढेंगाबाहेकका ४ पार्टी निर्णय विपरित सरकारमा गएको भन्दै पार्टीले कारबाही गरेर पदमुक्त भएका थिए ।

तर सर्वोच्चको अन्तरिम आदेशले उनीको पद थमौती भएको छ । जसपासहित सबै विपक्षी दलले सरकारको वैधतामाथि प्रश्न उठाउँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रदेशसभा बैठक बहिष्कार गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार