२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली काग्रेस

गण्डकी प्रदेश : "बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा पोखरेलले दावी गरे"

शुक्रवार , जेठ २८, २०७८

पोखरा, जेठ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाए ।

उनले आफूहरु सशरीर आएको भन्दै हस्ताक्षर प्रमाणीकरणको व्यवस्था मिलाउन पनि आग्रह गरे । ‘यहाँ सशरीर उपस्थित हुनु भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङलगायतलाई सनाखत गरियोस् भनेका छौं ।

हामी त्यसैको प्रतीक्षामा छौं’ सांसद पोखरेलले प्रदेश प्रमुखसमक्ष भने । प्रदेश प्रमुख पौडेलले आफूले उक्त दावीबारे अध्ययन गर्ने र प्रक्रिया पुर्‍याएर निर्णय गर्ने बताएकी छन् ।

मुख्यमन्त्रीमा दावी पेश गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस सांसद नेपालीले प्रदेश प्रमुखलाई छिटो निर्णय गर्न आग्रह गरेको बताए । ‘आज हामी ४ दलसहित ३१ जना सांसद सशरीर प्रदेश प्रमुखकोमा उपस्थित भयौं ।

उहाँलाई हामीले गएर निवेदन दिएका छौं’ उनले भने, ‘अहिलेको समयको चापले गर्दाखेरि चाँडै नै निर्णय होस् भनेर अनुरोध गर्‍यौं । उहाँले भोलिसम्म हेरेर तपाईंलाई बोलाउँछु भन्नुभयो ।’

 

 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

96%

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार