२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : 'दुई हजार ७०९ सङ्क्रमित थपिए , ६७  काे मृत्यु '

शुक्रवार , जेठ २८, २०७८

काठमाडौं, जेठ । नेपालमा आरटीपीसीआर परीक्षणबाट कोरोनाभाइरसका दुई हजार ७०९ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा नौ हजार ५९८ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ७०९ मा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख चार हजार ३९६ पुगेको जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा पाँच हजार २२५  सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख २० हजार ८१६ निको भएका छन् । निको हुने दर ८६.२ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६७  सङ्क्रमितका्े मृत्यु भएको छ । नेपालमा कोरोनाभाइरसबाट हालसम्म आठ हजार ३०५ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ३१ लाख ९८ हजार ७०२ को आरटीपीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार