२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेता रावलले भने : 'विधि, विधान र पद्धति मिच्नेले उहाँबाट राजनीतिक नैतिकताको शिक्षा लिने कि ?’

मंगलवार , जेठ २५, २०७८

काठमाडौं, जेठ । नेकपा एमालेका नेता भीम रावलले मुख्यमन्त्री त्रिलोचन भट्टबाट शिक्षा लिन आफ्नै पार्टीका अध्यक्षसहितका नेतालाई सुझाव दिएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा विश्वासको मत लिन सफल भएलगत्तै भट्टलाई बधाई दिँदै नेता रावलले विधि पद्धति नमान्नेहरुले भट्टबाट शिक्षा लिनुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत नेता रावलले मुख्यमन्त्री भट्टले विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते प्रदेश सभामा उठेपछि त्यसको चार दिनमै विश्वासको मत लिएको बताएका छन् ।

रावलले लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई ।

विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार