२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

विपक्षी गठबन्धन : 'अब प्रदेशस्तरका सरकारमा'

मंगलवार , जेठ २५, २०७८

काठमाडौं, जेठ ।  विपक्षमा रहेका दल केन्द्रमा जस्तै प्रदेशमा पनि गठबन्धन बनाएर अघि बढ्ने भएका छन । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा भएको वार्तापछि विपक्षी दल आबद्ध शीर्ष नेतृत्व केन्द्रमा जस्तै प्रदेशस्तरमा पनि गठबन्धन गर्दै अघि बढ्ने निष्कर्षमा पुगेका हुन् ।

कांग्रेस सभापति देउवासँग छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपाल देउवा निवास पुगेका थिए । सो क्रममा केन्द्रकै गठबन्धन प्रदेश तहमा पनि बनाउने सहमति बनेको हो ।

‘जसरी केन्द्रमा राजनीतिक गठबन्धन बनेको छ, त्यसै गरी प्रदेशमा पनि गठबन्धन बनाएरै जाने विषयमा छलफल भएको हो, शीर्ष नेताहरू सो विषयमा सहमत हुनुहुन्छ,’ बुढानिलकण्ठ स्रोतले भन्यो ।

भेट वार्ताका क्रममा तीन नेताबीच करिब डेढ घण्टा छलफल भएको र प्रदेश सरकारमा गठवन्धका विषयमा बैठक केन्द्रित भएको हो । शीर्ष नेता त्रयको बैठकले प्रदेश २ मा गठबन्धनमा आबद्ध दलको संयुक्त सरकार बनाउने सहमति भएको छ ।

हाल प्रदेश २ मा गठबन्धन आबद्ध जसपा अध्यक्ष उपेन्द्र यादव निकट नेता लालबाबु राउत मुख्यमन्त्री छन् । मुख्यमन्त्री राउतले जसपाका ठाकुर पक्षलाई सरकारबाटै हटाएका छन् भने कांग्रेस र माओवादीलाई सरकारमा लैजाने तयारी गरेका छन् ।

यसबारे छलफल गर्न प्रचण्डले बिहान नेता नेपाल र देउवासँग अलग-अलग भेटेका थिए । यसपछि भने बुढानीलकण्ठमा तीन नेताबीच सामूहिक भेटवार्ता भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार