२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

३९६ अस्पताल तत्काललै निर्माण शुरु गर्ने

सोमवार , जेठ २४, २०७८

काठमाडौं, जेठ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा आम नागरिकलाई नि:शुल्क स्वास्थ्य उपचार दिने लक्षका साथ सरकारले ३९६ वटा अस्पताल तत्काललै निर्माण शुरु गर्ने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले असार भित्र सबै अस्पतालको टेन्डर प्रकृया अघि बढाएर आउने वर्षभित्र अस्पताल निर्माण प्रकृया शुरु गर्ने बताए ।

नागरिकलाई बचाउने कुरा सबैभन्दा ठूलो भएकाले अकालमै कोही नेपालीको ज्यान जान नदिने गरी सबै नेपालीको जीवन रक्षा पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको समेत मन्त्री तामाङले जनाए। बीर अस्पताललाई कोभिड नियन्त्रणको केन्द्रीय अस्पतालको रुपमा विस्तार गरी सकेको र ७ वटै प्रदेशमा कोभिड नियन्त्रण अस्पताल विस्तार गर्ने तयारीमा मन्त्रालय अघि बढेको जानकारी दिए ।

सरकार कोभिड खोप ल्याउनेमै सबै प्रयास जारी राखेको जानकारी दिनुहुँदै स्वास्थ्यमन्त्री तामाङले स्वास्थ्य सुरक्षाको सरकारी मापदण्डको पालना गरिदिन सबैमा आग्रह गरे ।

“नेपाल खोप उत्पादक राष्ट्र होइन, तर पनि हामीले खोप प्राप्तका लागि सबै प्रयास जारी राखेका छौं” उनले भने । खोप प्राप्ती र कार्यान्वयन गर्नेमै सरकार लागिपरेको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार