२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : 'तीन हजार ३७० सङ्क्रमित थपिए, ९२ को मृत्यु '

सोमवार , जेठ २४, २०७८

काठमाडौं, जेठ । नेपालमा कोरोना भाइरसका तीन हजार ३७० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार २ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै नेपालमा कोरोना कुल सङ्क्रमित पाँच लाख ९१ हजार ४९४  पुगेको जनाएको छ । हाल नेपालमा ८५ हजार ५४४ मा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ९५१  सङ्क्रमित निको भएका छन् । हालसम्म नेपालमा चार लाख ९७ हजार ९६०  कोरोनामुक्त भएका हुन् ।

कोरोनाबाट निको हुने दर ८४.२ प्रतिशत पुगेको छ । पछिल्लो चौबीस घण्टामा ९२ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने सात हजार ९९० पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार