२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुदूरपश्चिम प्रदेश सरकार : नयाँ बजेट कारोना असरलाई उठाउन केन्द्रित

सोमवार , जेठ २४, २०७८

सुदूरपश्चिम,  जेठ । कोभिड—१९ बाट उत्पन्न बहुपक्षीय असरलाई निराकरण गर्ने गरी सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश सभाको आज बसेको बैठकमा आगामी आर्थिक वर्ष २०७८÷०७९ को पूर्व बजेट छलफलका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले कोरोनाबाट परेको बहुपक्षीय असरको क्षति न्यूनीकरण र अर्थतन्त्रका पुनरुत्थानमा टेवा पु¥याउने कार्यक्रमलाई नयाँ बजेटमा उच्च प्राथमिकता दिएको जानकारी दिनु भयो ।

उहाँले पूर्वाधार सहितको गुणस्तरीय स्वास्थ्य सेवाको विकास,निजी क्षेत्रका लागि प्रोत्साहन सहितको आर्थिक सहुलियत, रोजगारी सिर्जना,कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, प्रदेश पूर्वाधार आयोजना कार्यान्वयनमा आगामी बजेटले प्राथमिकता दिने बताउनुभयो ‘‘कोरोना महामारीका कारण नागरिकको जीवन रक्षा गर्न प्रवद्र्धनात्मक, उपचारात्मक र प्रतिकारात्मक लगायतलाई विशिष्टिकृत गर्ने तर्फ पनि बजेट परिलक्षित हुनेछ,’’उहाँले भन्नुभयो,‘‘स्वदेश र विदेशमा रोजगार गुमाएका नेपाली लक्षित विषेश प्रोत्साहनका कार्यक्रमलाई पनि प्राथमिकता दिइने छ ।’’

बैठकको विषेश समयमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले उपप्रधानमन्त्री राजेन्द्र महतोले हाल दिनुभएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै अभिव्यक्ति फिर्ता लिन समेत आग्रह गर्नुभयो । प्रदेशसभाको दोस्रो बैठकमा आव २०७८÷०७९ को पूर्व बजेट माथि छलफल शुरु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार