काठमाडौं, जेठ । काठमाडौं उपत्यकामा कोरोना भाइरसका एक हजार १३१ सङ्क्रमित थपिएका छन् ।
आइतबार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार १३१ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरि तीन हजार २४ सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौं जिल्लामा ७३१, ललितपुरमा २५४ र भक्तपुरमा १४६ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।