२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : 'तीन हजार २४ थपिए, छ हजार ६३६ मुक्त, ९९ को मृत्यु'

आइतवार , जेठ २३, २०७८

काठमाडौं, जेठ । नेपालमा कोरोना भाइरसका तीन हजार २४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दश हजार ४७१ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण सार्बजनिक गर्न आयोजना गरेको प्रेस ब्रिफिङमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख नाघेको छ ।

पछिल्लो १५ दिनमा मात्रै एक लाख सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कुल सङ्क्रमित छ लाख एक हजार ६९३ पुगेको बताएका छन।

आइतबार प्रति एकसयको परीक्षण गर्दा २८.९ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार चौबीस घण्टामा तीन हजार २६२ को एन्टीजेन परीक्षण गरिएकोमा ४५५ मा पोजेटिभ पाइएको छ ।

हाल ७३१ क्वारेन्टिनमा छन् । मन्त्रालयले आइतबार चौबीस घण्टामा छ हजार ६३६ कोरोनामुक्त भएको जनाएको छ । हालसम्म चार लाख ९१ ह्जार नौ कोरोनामुक्त भएका हुन् । सोही अबधिमा ९९ सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म सात हजार ८९८ को मृत्यु दत्र्ता गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार