२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

विगत दुई सातायता : 'दैनिक थपिने सङ्क्रमितको सङ्ख्यालाई निको हुनेले उछिने '

शनिवार , जेठ २२, २०७८

काठमाडौँ, जेठ । विगत दुई सातायता दैनिक थपिने सङ्क्रमितको सङ्ख्यालाई निको हुनेको सङ्ख्याले उछिनेको छ । लगातार १४औँ दिन शुक्रबारसम्ममा आठ हजार ६६३ कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या चार हजार ६२४ रहेको छ । हालसम्म पाँच लाख ८१ हजार ५६० मा कोरोना सङ्क्रमण पुष्टि भएकोमा चार लाख ७६ हजार १३० निको भइसकेका छन् ।

३१ लाख २१ हजार १२० को पीसीआर परीक्षण गरिएको छ । अहिले निको हुने दर ८१.९ प्रतिशत छ । यो दर अफगानिस्तान, भुटान, माल्दिभ्स् र श्रीलङ्काभन्दा बढी हो भने बङ्गलादेश, भारत र पाकिस्तानभन्दा कम हो ।

बङ्गलादेश र भारतको निको हुने दर ९२.५ र पाकिस्तानको ९१.८ प्रतिशत छ । विगत २४ घन्टामा १४ हजार १८२ को पीसीआर परीक्षण गर्दा चारहजार ६२४ मा र छ हजार ६३१ को एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई हजार २९ मा कोरोना सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार