२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषद बैठक : 'सगरमाथा संवाद शुरु गर्ने, पुस ११ मा ज्येष्ठ नागरिक दिवस मनाइने'

शुक्रवार , जेठ २१, २०७८

काठमाडौं, जेठ । सरकारले सगरमाथा संवाद आयोजना निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषदको नियमित बैठकबारे जानकारी गराउदै शुक्रबार सोको जानकारी गराएका हुन ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले नेपाल–भारत सरकारबीचको सहमतिमा जीटुजी प्रणालीबाट मल खरिद विक्रीको काम अघि बढाइएको उनले जानकारी गराएका छन ।

प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड १९ को पदाधिकारी मुकरर गर्ने निर्णय सरकारले गरेको छ । त्यस्तै, नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीमा रहेको घर जग्गा विक्री गर्ने निर्णय सरकारले गरेको छ ।

सोही अनुसार हरेक वर्ष पुस ११ गते राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने निर्णय सरकारले गरेको मन्त्री गुरुङले बताए। त्यस्तै, विश्वविद्यालय अनुदान आयोगको सदस्य पदमा प्रा.डा. यादवप्रकाश लामिछानेलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

मदन भण्डारी औद्योगिक विश्वविद्यालय पूर्वधार निर्माण विकास समितिको कार्यकारी निर्देशकमा डा. विनोद अर्याललाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ ।

प्रेस काउन्सिलको अध्यक्ष पदमा पत्रकार बालकृष्ण बस्नेतलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको छ, सो सूचना विहिबार नै सार्वजनिक भइसकेको थियो । सञ्चार मन्त्रालयको नीति, कार्यक्रम तथा बजेटलाई नयाँ ढङ्गले रुपान्तरण गरिएको मन्त्री गुरुङले बताए।

यसअघि परम्परागत ढङ्गले कार्यक्रम चल्ने भएपनि अहिले पहिलेभन्दा फरक ढङ्गले रुपान्तरण गरिएको जानकारी दिए । सञ्चारको क्षेत्रमा आवश्यक बजेट विनियोजन गरिएको र त्यसको पत्रकार महासंघले समेत स्वागत गरेकोमा मन्त्री गुरुङले धन्यवाद व्यक्त गरे ।

आमसञ्चारकर्मी र पत्रकारको हकहितका लागि बजेटले यथोचित सम्बोधन भएको बताए । पत्रकारको क्षमता अभिबृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको आवश्यक बजेट व्यवस्था गरिएको उनकाे भनाइ छ ।

हिजो ‘विकासका लागि सञ्चार’ नारा तय गरिएको थियो, अब ‘समृद्धिका लागि सञ्चार’ नारा तय गरिएको पनि मन्त्री गुरुङले जानकारी दिए । पत्रकार तथा सञ्चार माध्यमले अब मुलुकको समृद्धिका लागि भूमिका खेल्नुपर्ने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार