काठमाडौं, जेठ । नेपालमा कोरोना भाइरसका चार हजार ६२४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार १८२ नमूनाको परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ८१ ह्जार ५६० पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा छ हजार ६३१ काे एन्टीजेन परीषण गरिएकोमा दुई हजार २९ को रिपोर्ट पोजेटिभ आएको छ । नेपालमा कोरोनाको दोस्रो लहर उत्कर्षमा पुगे यता पहिलो पटक सक्रिय सङ्क्रमितको संख्या एक लाखभन्दा कम भएको छ ।
हाल ९७ हजार ६९९ मा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ६६३ सङ्क्रमित निको भएका छन् । हालसम्म चार लाख ७६ हजार १३० सङ्क्रमित निको भएका हुन् ।
हालसम्म ३१ लख २१ ह्जार १२० नमूनाको आरटीपीसीआर परीषण गरिएको छ । पछिल्लो चौबीस घण्टामा १०१ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा सात हजार ७३१ ले ज्यान गुमाएका छन् ।