२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपालमा कोरोना : 'पछिल्लो २४ घण्टामा थप ६ हजार ८२५ मा संक्रमण , ७५ को मृत्यु '

बिहिवार , जेठ २०, २०७८

काठमाडौं, जेठ । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२५ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८ हजार ५३१ पीसीआर परीक्षणमा ५८२५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा एक हजार गरी ६,८२५ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । जसमध्ये १ लाख १ हजार ८३९  सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७५ को मृत्यु भएको छ भने ५ हजार ९ सय ४  संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार