२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

जलेश्वर अस्पतालमा  : 'कोरोना संक्रमित घटदै, अस्पतालमा बिरामी छैनन्' 

बिहिवार , जेठ २०, २०७८


जलेश्वर, जेठ  । महोत्तरी जिल्लामा संक्रमितको संख्या विस्तारै घट्दै गएको छ । सदरमुकाम जलेश्वरमा रहेको अस्पतालको कोरोना वार्डमा वुधबार एकजना पनि बिरामी नरहेको अवस्था छ । 
जलेश्वर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अधयक्ष सुरेश पाण्डेयले कोरोना वार्डमा वुधबार एउटा पनि बिरामी नरहेको सञ्चारकर्मीलाई जानकारी दिएका छन  । उनले  अस्पतालमा अक्सिजनलगायतका उपचार सामग्रीसहित ब्यवस्थित  रहेको  बताए । 
केही दिनदेखि महोत्तरीमा सक्रिय संक्रमितको संख्या घट्दै गएको र निको हुने संख्या पनि बढ्दै गएको देखिएको छ । 
स्वास्थ्य कार्यालय महोत्तरीको कोभिड फोकल पर्सन प्रतिभा सिंहले महोत्तरीमा मंगलबारसम्म एकहजार ८०८ एक्टिभ संक्रमित रहेको जानकारी दिए । तीमध्ये कोरोनाका कारण ६७ को भने मृत्यु भएको छ । 
महोत्तरी सदरमुकाम जलेश्वरस्थित जलेश्वर, बर्दिबास अस्पताल  तथा गौशालाको इमली बजारमा अक्सिजनसहितको आईसोलेसन सेवा सुचारु रहेको जानकारी दिए ।
हाल बर्दिबास अस्पतालमा नौ र ईमली बजारको आइसोलेसनमा तीनजना अक्सिजन लिइरहेका बिरामी छन् । 
महोत्तरी जिल्लामा कोरोना संक्रमितको अवस्थालाई ध्यानमा राख्दै जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले पटक पटक निषेधाज्ञा लगाउँदै आएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार