२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पर्सा  :  'त्युदरसगैँ सङ्क्रमित घट्नथाले' 

बिहिवार , जेठ २०, २०७८


पर्सा, जेठ  । कोभिड १९ को उच्च जोखिममा रहेको पर्सामा कोरोनाबाट हुने मृत्युदरसगैँ सङक्रमण पनि घटदैँ गएको उपचारमा संलग्न चिकित्सकको भनाई छ । नारायणी अस्पतालका कोभिड सयोंजक डा. उदयनारायण सिंहले दुई साता अघिसम्म कोभिड १९ का बिरामीबाट भरिभराउ हुने नारायणी अस्पतालमा हाल ४५  सङ्क्रमितको उपचार भइरहेको छ । 
भेन्टिलेटरमा आठ तथा  अति गम्भीर अवस्थाका १४ को उपचार भइरहेकोमा सङ्क्रमित भई आउने बिरामीको सख्या पनि प्रत्येक दिन घटदैँ गएको बताएका छन । 
नेशनल मेडिकल कलेजका  अनुसार, कलेजले १७० शयाको अस्थायी कोभिड अस्पतालमा हाल २५ को उपचार भईरहेको छ । कोभिड अस्पतालमा १० वटा भेिन्टलेटर रहेकोमा चारको उपचार भईरहेको र हाल भर्ना हुन आउने बिरामीमा गम्भीर खालको निमोनिया वा खासै समस्या देखिएको  छैन ।  
बीरगन्ज महानगर पालिकाले गोपाल मण्डली अतिथि सदनमा सञ्चालन गरेको दुईसय शयाको अस्थायी कोभिड अस्पतालमा ११ को उपचार मात्र भइरहेको अस्पतालका प्रमुख रितेश जैसवारले जानकारी दिएका छन  । 
महानगरपालिकाले होम आईसोलेशनमा बसेकालाई महानगपालिकाले निशुल्क अक्सिजन उपलब्ध गराएकोले अस्पतालमा बिरामीको चापमा कमी आएको हो ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार