२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेता नेपाल भन्छन : "ओली अप्ठेरोमा परेर वार्ताको कार्ड फाले "

बुधवार , जेठ १९, २०७८

काठमाडौं, जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपालले केपी ओली अप्ठेरोमा परेपछी  वार्ताको कार्ड फाल्ने गरेको  बताएका छन । नेता नेपालले थपे, उनी अहीले  िनकै अप्ठेरामा छन ।  उनले भने, आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए एमाले एकताको अझै सम्भावना  छ । 

जनसंगठनको भर्चुअल बैठकमा नेता नेपालले एकता प्रयासले सार्थक रुप नलिइरहेको बताए । ‘हामी एकताको विपक्षमा छैनौं । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिंदैन,’ नेता नेपालको भनाइ थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार पार्टीभित्र देखिएको विवाद हल गर्न गठन भएको कार्यदलको आधिकारिक वार्ता नभएको नेता नेपालले जानकारी दिएका छन् ।

केपी ओली अप्ठेरोमा पर्दा वार्ताको कार्ड फाल्ने गरेको नेता नेपालको भनाइ थियो । ‘हामी पनि एकताको विपक्षमा छैनौं । तर केपी ओली सहमतिमा बस्न तयार नहुने हो भने धेरै अलमल गर्न हुन्न भन्ने धेरैजसो सहभागीले सुझाव दिएका छौं,’ उनले भने ।

बैठकमा अध्यक्ष ओली निकट जनसंगठनका नेताले जारी गरेको वक्तव्यप्रति आपत्ति जनाइएको थियो । ‘पार्टीबाट निष्कासन गर्ने निर्णय भएमा स्वागत गर्छौ भनेर विज्ञप्ति जारी गरियो । केपी ओलीकै निर्देशनमा विज्ञप्ति आएको हो भन्ने छलफल भयो ।

यस्तो विज्ञप्तिले एकता जोगाउन सकिन्न,’ उनले थपे । जनसंगठनका नेताले वार्ता गर्ने भए समय तोकेर प्रयत्न गरिनुपर्ने, नत्र अलग पार्टी निर्माणमा लाग्न नेताले सुझाव दिएका छन् ।

तर वार्ताको नाममा धेरै अलमल गरिन नहुने जनसंगठनका नेताको भनाइ थियो । बैठकले जनसंगठनका नेताले संयुक्त वक्तव्य जारी गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार