२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

जसपा अध्यक्ष यादवले भने : 'ढुंगा, गिटी, बालुवाकाे निकासी व्यापार घातक'

बुधवार , जेठ १९, २०७८

काठमाडौं, जेठ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारले बजेट बक्तव्यमा खानीजन्य ढुंगा, गिटी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको बताएका छन ।

यादवले बुधबार एक प्रेस विज्ञप्ति जारी गदै नवधनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर यसबाट सबै भन्दा बढी प्रभाव रहेको चुरेको संवेदनशील क्षेत्रमा पर्ने र यसले तराई/मधेशमा ठूलो प्राकृतिक संकट आउने उल्लेख गरेका छन ।

‘यसले नकारात्मक पर्यावरणीय असर पार्नेछ जसको मूल्य तराई/मधेशमा वसोवास गर्ने जनताले चुकाउनु पर्नेछ,’यादवले भनेका छन, ‘व्यापार घाटा गर्ने नाममा नाममा ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेटको घोषणा राष्ट्रघाति रहेको छ ।’

हेर्नुहोस् विज्ञप्ति :

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार