२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यका : ' एक हजार ५५८ सङ्क्रमित थपिए'

मंगलवार , जेठ १८, २०७८

काठमाडौं, जेठ । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ५५८ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ५५८ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ६०, ललितपुरमा २८३ र भक्तपुरमा २१५ सङ्क्रमितको पुष्टि भएको हो । काठमाडौंमा हाल १४ हजार ५८४, ललितपुरमा छ हजार ३६९ र भक्तपुरमा चार हजार ३०० मा भाइरसको सङ्क्रमण सक्रिय छ ।

काठमाडौंमा हालसम्म एक लाख ८९ हजार २८८ सङ्क्रमित भएका छन् । हालसम्म ललितपुरमा ३३ हजार ६१५ र भक्तपुरमा २० हजार १२४ सङ्क्रमित भएका छन् ।

हालसम्म काठमाडौंमा एक हजार ६२९, ललितपुरमा ४४२ र भक्तपुरमा ३२७ सङ्क्रमितले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार