२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काेभिड युनिफाइड केन्द्रीय अस्पताल : ' उपचार सेवा शुरू'

मंगलवार , जेठ १८, २०७८

काठमाडौँ, जेठ । वीर अस्पतालको कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालले आजबाट कोरोना संक्रमित विरामीको उपचार सेवा सञ्चालनमा ल्याएको छ ।

युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्रा.डा जागेश्वर गौतमले नयाँ भवनबाट उपचार सेवा सुरु गरिएको गोरखापत्र अनलाइनलाई जानकारी दिएका छन। शुभारम्भ भएसँगै आजबाट उक्त नयाँ भवनमा कोरोना संक्रमितको विरामीको उपचार शुरु गरिएको जानकारी दिए।

आज अक्सिजन सेवा सुविधासहित ५० बेड सञ्चालनमा ल्याएको जानकारी दिँदै उनले विस्तारै बेडको संख्या बढाउँदै लैजाने बताए । वीरको अर्को भवनका उपचाररत कोरोना संक्रमित विरामीलाई पनि नयाँ भवनमा ल्याएर उपचार गर्ने तयारी गरेको छ । ट्रमामा कोरोना नलागेको अन्य विरामीको उपचार गर्ने व्यवस्था गर्न लागेको छ ।

उनले सर्जिकल भवनमा पूर्ण रुपमा कोभिडको बिरामीको उपचार गर्ने  बताए । सर्जिकल भवन पाँच सय बेड क्षमताको रहेको छ । आपतकालीन अवस्था आए बेड थपेर ६ सयसम्म विरामीको उपचार गर्न सकिनेछ ।

उक्त भवन सञ्चालनमा ल्याउने तयारी यस अघि गरे पनि अक्सिजन ग्यास अभाव भएको कारण सञ्चालन गर्न सकिएको थिएन । यो भवन खासगरी विरामीको अप्रेशनको लागि मात्र बनाएको भएता पनि अहिले देखिएको कारोनाको महामारीलाई मध्यनजर गरेर कोभिड अस्पताल बनाइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार