२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

एमाले स्थायी कमिटी बैठक

पार्टी एकता विवाद : 'अन्तिमसम्म प्रयास जारी राख्ने निष्कर्ष'

मंगलवार , जेठ १८, २०७८

काठमाडौं, जेठ । नेकपा एमाले स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकमा पार्टीभित्र उत्पन्न भइरहेका अस्वस्थ प्रतिस्पर्धा र मतभेद्का सन्दर्भमा छलफल भएको परराष्ट्रमन्त्री एवम् पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताएका छन ।

त्यसो त, यसअघि पनि पार्टीको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका ५ –५ जना सदस्य गरी स्थायी कमिटी सदस्य सुवाचन्द्र नेम्वाङको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

तर, कार्यदलका केह नेताहरुलाई पार्टीले कारबाही गरेका कारण तयो कार्यदल पुर्नगठन हुनसक्ने समेत ज्ञवालीले जानकारी दिए । मंगलबार स्पष्टीकरण सोधिएका नेपाल पक्षका १२  नेतामाथी कारबाही गर्ने सम्बन्धमा कुनै छलफल भएन बरु, पार्टी एकताका लागि हदैसम्म लचिलो बन्ने निष्कर्श बैठकको रहेको ज्ञवालीले जानकारी दिएका छन ।

उनले बैठकमा काेभिड १९ काे राेकथाम र नियन्त्रका बारेमा पनि छलपफल भएकाे जानकारी िदए । त्यस्तै सर्वाेच्च अदालतमा विचारधीन मुद्दाका विषयमा विपक्षीबाट भएका गतिविधका बारेमा पनि समीक्षाा भएकाे बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार