काठमाडौं, जेठ । नेपालमा कोरोनाभाइरसका पाँच हजार २८५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार १४७ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धि दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ६६ हजार ५८७ पुगेको जनाएको छ ।
हाल एक लाख चार हजार ७८९ मा भाइरसको सङ्क्रमण सक्रिय छ । तीन हजार १८ नमूनाको एन्टिजेन परीक्षण गरिएकोमा ८०० मा पोजेटिभ पाइएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ८९८ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म चार लाख ५४ हजार ३४४ कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८०.२ प्रतिशत पुगेको छ ।
हाल ७२५ क्वारेन्टिनमा छन् । मन्त्रालयले जनाए अनुसार पछिल्लो चौबीस घण्टामा ६८ सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना भाइरसबाट सात हजार ४५४ सङ्क्रमितको मृत्यु भएको हो ।
नेपालमा हालसम्म ३० लाख ७४ हजार ५७१ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।