२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रदेश २ : मन्त्रिपरिषद बैठक : ' जेठ २४ बाट बजेट अधिवेशन "

सोमवार , जेठ १७, २०७८


जनकपुर, जेठ  । प्रदेश २ का सरकारले जेष्ठ २४ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ ।  मुख्यमन्त्रीको निवासमा सोमबार  बसेको प्रदेश मन्त्रिपरिषद बैठकले चालु हिउँदे अधिवेशन अन्त्य गर्दै जेठ २४ मा बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले सञ्चारकर्मीलाई जानकारी दिएका छन । 
उनले भने,  कोरोना महामारीको दोस्रो लहर नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारसहित स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारसहितको क्षेत्रका रुपमा प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेटको तयारी गरिरहेको  छ ।  
नयाँ बजेटका लागि प्रदेशका विभिन्न मन्त्रालयले आफनो कार्यक्रम तयार पारेर आर्थिक मामिला मन्त्रालयमा पठाइसकेको र सो मन्त्रालयले तीब्र गतिमा काम गरिरहेको उनले बताए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार