२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

विपक्षी गठबन्धनको बैठक : न्यायालयबाट न्याय प्राप्त हुनेमा विश्वास

आइतवार , जेठ १६, २०७८

काठमाडौं, जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपाल लगायतका विपक्षी गठबन्धनको आइतबार बसेको संयुक्त बैठक सम्पन्न भएको छ ।

बैठकले विपक्षी गठबन्धनको १४९  सांसदको हस्ताक्षरसहित वैकल्पिक सरकार गठनको दाबी राष्ट्रपतिले बदर गरेको कार्य असंवैधानिक लगायत सरकारले पछिल्लो समय अलोकतान्त्रिक गतिविधि गर्दै आएको आरोप लगाएको छ ।

सर्वोच्च अदालतमा जारी बहसले न्याय प्राप्त हुनेमा विश्वस्त छौं, जारी संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार